बैंक अफ काठमाण्डूले पायो एक अर्ब ३ करोड रुपैयाँ


७ भाद्र २०७९, मंगलवार
bank of kathmandu bok XU1Y77KMNy

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी वापतको करिब एक अर्ब ३ करोड रुपैयाँ रकम बैंक अफ काठमाण्डूले पाएको छ ।

बैंकले मंगलबार मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम ६६ लाख २५ हजार ०१० अमेरिकन डलर र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिन मानेको थिएन ।

मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको फैसला गएका साउन १७ गते नेपाली बैंकको पक्षमा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७