तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो लकर सेवा शुल्कमा छुट योजना


७ भाद्र २०७९, मंगलवार
citzen bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लकर सेवा शुल्कमा आकर्षक छुटहरूको योजना सार्वजनिक गरेको छ।

महिलाहरूलाई लक्षित गर्दै बैंकले हरितालिका तीज र भदौ महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा उक्त छुटको योजना सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत बैंकले भदौ महिना भरी लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताएको छ।

यस्ता छुटहरूको सुविधा सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट प्राप्त गर्न सक्नेछन्।
यस सुविधा बापत ग्राहकले आफ्ना गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरू सहज र सुपत शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले बताएको छ।

बैंकले ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायले यसअघि नै कियोस्क, इ।के।वाइ।सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरिसकेको बताएको छ।

बैंकले देशैभरी फैलिएका १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७