बार्सिलोनाको दोस्रो जितमा लेवान्डोस्कीको दुई गोल


१३ भाद्र २०७९, सोमबार
Robert

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४-० ले पराजित गरेको छ ।

लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्सिलोनाले पनि लिगमा लगातार दोस्रो खेल जितेको हो । यसअघि रियल सोसिडाडलारुई ४-१ ले हराउदै लेवान्डोस्कीले ला लिगामा गोलको खाता खोल्नुका साथै दुई गोल गरेका थिए ।

यस सिजन लगातार दोस्रो जित निकाल्दै अपराजित रहेको बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले २४औं र ६४औं मिनेटमा गोल गरे । यस्तै पेड्रीले ४३औं र र्जि रोवर्टोले इन्जुरी टाइममा गोल गरे । बार्सिलोनाका नयाँ खेलाडी जुल्स कोन्डेले यसै खेलबाट ला लिगामा डेब्यु समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७