मेरो चरित्र हत्या भयो, कानुनी प्रक्रियामा जान्छु : महेश बस्नेत


१४ भाद्र २०७९, मंगलवार
mahesh basnet

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले समाजिक सञ्जालमा आफ्नो नाम जोडेर भाइरल भएको भिडियोप्रति स्पष्टीकरण दिएका छन् ।

मंगलबार दिउँसो समाजिक सञ्जालमा बस्नेतमाथि वाईसीएलले हातपात गरेको भन्दै भिडियो सेयर भइरहेको थियो । उनले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका उमेदवारमाथि माओवादीकै पूर्व’मेयरबीच भएको भिडियोमार्फत आफ्नो चरित्र हत्या भएको बताएका छन् । उनले कानुनी प्रक्रिया अघि बढाउने समेत बताएका छन् ।

‘हाम्रो शुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारबाही गर्नेछौँ । तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूणर्लाई जानकारी गर्दछु, उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७