‘महाअभियोग प्रस्ताव निस्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ’

आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएको दावी


१५ भाद्र २०७९, बुधबार
cholendra 1

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निस्क्रिय भइसकेको दाबी गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकिर गरे ।

उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७