रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं-३ छाड्ने हरिशरण लामिछानेको घोषणा


१५ भाद्र २०७९, बुधबार
km

काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं-३ छाड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं-३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् । चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र-पथ’मा आउन कुलमानलाई आग्रह गरे ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन्

सामाजिक सञ्जालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।

कुनै अमुक पार्टिको मोहोरा बन्नुभन्द ‘स्वतन्त्र-पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिनेछ । यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७