व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरी गरेको आरोपमा पक्राउ


१६ भाद्र २०७९, बिहीबार
Buddhi Tamang CHOR 5.16 2079 A5cQnTjQVW

काठमाडौं । काठमाडौंको ठमेलस्थित गल्कोपाखामा एक व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार नगद चोरिएको छ । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन् ।

चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ । तर, आरोपीले प्रहरीसँग भनेका छन्, ‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठलठूलो परिमाणमा नगद भेटियो ।’

घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । आरोपीबिरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७