दिनेश सुनारले त्यागे जसपा, स्वतन्त्र बनेको घोषणा


१६ भाद्र २०७९, बिहीबार
dinesh

अर्घाखाँची । जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य समेत रहेका दिनेश सुनारले पार्टी परित्याग गरेका छन् । नेपालको राजनीतिक गलत बाटोमा लागेको बताउँदै सुनारले पार्टीका कुनै पनि समिति तथा पार्टी सम्बद्ध कुनै पनि भ्रातृसंस्थामा नरहेको घोषणा गरेका हुन् ।

वैकल्पिक पार्टी भनिएकाहरू पनि व्यक्तिवादमा चुर्लुम्म फसेको सुनारको आरोप छ । ’विशेषगरी वैकल्पिक शक्तिहरूबाट मलाई केही अपेक्षा थियो,’ सुनारले भने, ‘तर, वैकल्पिक भनिएकाहरू पनि परिवारवाद र व्यक्तिवाद भन्दा माथि उठेको देखिएन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपा निकट प्रेस मन्च नेपालको केन्द्रीय सदस्य समेत रहेका सुनारले ठिक दल नभेटिएसम्मको लागि दलीय आवद्धता त्यागेकोसमेत उल्लेख गरेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादव एकैठाउँ रहँदा राजनीतिमा सक्रिय रहेका सुनार पार्टी विभाजनपछि भने मौन बसेका थिए । मौन रहेका सुनारले कुनै पनि पक्षमा नलागी स्वतन्त्र बनेको घोषणा गरेका हुन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७