विश्वप्रकाश शर्मा झापा-१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस


१६ भाद्र २०७९, बिहीबार
bishwa prakash

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो ।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए । शर्माले यसअघि झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताइरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७