एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ ( भिडियो )


१६ भाद्र २०७९, बिहीबार
nic asia ez07GVz8jg

काठमाडौं । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकहरू माझ सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रूपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम् बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाईहरूसमेत सहजै चुम्न सकिने सन्देशसमेत रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिहरूलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७