तीन प्रदेशमा भारी बर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह


१७ भाद्र २०७९, शुक्रबार
rain

काठमाडौं । देशका केही भू-भागमा आज (शुक्रबार) बिहानैदेखि वर्षा भइरहेको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७