मोहना नदीमा डुबेर दुई जना बेपत्ता


१७ भाद्र २०७९, शुक्रबार
mohana nadi

कैलाली । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीका २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् । धनगढी उपमहानगरपालिका- ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका मोहन रानाका १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७