पहिरोले आज कुन-कुन सडक अवरुद्ध छन् ?


१७ भाद्र २०७९, शुक्रबार
pahiro palpa

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् ।
दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ । प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७