‘राजनीतिक आग्रह-पूर्वाग्रहबाट माथि उठेर विश्व विद्यालयका समस्या समाधान गर्नुपर्छ’


१७ भाद्र २०७९, शुक्रबार
deuwa 1 scaled
फाइल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नव निर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताएका छन् ।

उनले भने, ‘विकासका लागि सरकार सधैँ प्रतिबद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूणर् पक्ष हो । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूणर् पक्ष भएको उल्लेख गर्दै शङ्करदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले क्याम्पसलाई अध्ययनका लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए ।

उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७