‘कार्टुन्ज क्रु’ले ल्याए नयाँ भिडियो बजारमा, कभर डान्स प्रतियोगिताको समेत गरे घोषणा


२२ चैत्र २०७४, बिहीबार
cartoon Crew Member

काठमाडौं, २२ चैत । चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ भिडियो सार्वजनिक भएको छ । बुधबार आफनै युटुयुब च्यानल मार्फत क्रृले ‘रेली मै’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।cartoon Crew Member

गीतको भिडियोलाई कथामा ढाल्न माहिर क्रृ ग्रुपले यस गीतको भिडियोमा भने बालबालिकाहरुलाई केन्द्रीत गरे बनाइएको ग्रुपका सदस्य लाक्पा डि लामाले जानकारी दिए ।

‘रेली माइ’ गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् ।

गीत सार्वजनिक भएसँगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले गीतको कभर डान्स प्रतियोगिताको समेत घोषणा गरेका छन् ।

कभर डान्स प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने सदस्य लामाले बताए । गीतको कभर डान्स २०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ ।

भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केहि बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७