मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त


१७ भाद्र २०७९, शुक्रबार
pahiro manang

लमजुङ । मनाङ सदरमुकाम चामे जोड्ने एक मात्र बेंसीसहर-चामे सडक बाढी पहिरोले क्षतिग्रस्त भएको छ । लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ ।

सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ । लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एक मात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए ।

डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिए पनि सफल हुन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७