राष्ट्रिय जनगणना-२०७८ को अन्तिम नतिजा मंसिरमा सार्वजनिक गरिने


१८ भाद्र २०७९, शनिबार
Census YRN0QF0bOt

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को अन्तिम नतिजा आउँदो मंसिरमा सार्वजनिक गर्ने तयारी भैइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मंसिर अन्तिम हप्ता नजिता सार्वजनिक गर्ने तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिएड ।

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमी कमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ पनि आवश्यक छानबिन गरी मतगणना प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको विभागले जनाएको छ । विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरी नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७