लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश


१८ भाद्र २०७९, शनिबार
302800868 1386162031872495 4478959272985629406 n

विराटनगर । लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् । झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएको राप्रपाको दावी छ ।

दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका संगठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रीत गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७