जनार्दनको दाबी, ‘म नेतृत्वको रक्षक हुँ’ : प्रचण्डको उत्तर, ‘जनार्दनलाई हुर्काउने म हुँ’


२२ भाद्र २०७९, बुधबार
parchanda and janardhan sharma

काठमाडौं : विचारक रुपमा मानिएका नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीको माओवादी माथि एउटा विश्लेषण छ, ‘माओवादीसँग सेना छैन, सत्ता छैन, विचार पनि छैन । बाँकी एउटा प्रचण्ड मात्रै बाँकी छ ।’ कार्कीले भने जस्तै प्रचण्ड माओवादीको ‘वान म्यान आर्मी’ जस्तै हुन् ।

नेकपा (माओवादी केन्द्र) भित्र प्रचण्डलाई प्रश्न र आलोचना गर्नेहरु आँट कमैले गर्छन् । तर बुधबार फरक दृश्य देखियो । २२ भदौ ०७९ मा अखिल क्रान्तिकारीले सभागृहमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सम्बोधन गर्नका लागि पार्टीका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा लगायत थिए ।

क्रान्तिकारीका एक नेताका अनुसार प्रचण्ड सुरुमै बोलेर निस्किन खोजेका थिए । तर उपमहासचिव शर्माले त्यो थाहा पाउने साथ आयोजकलाई निर्देशनको शैलीमा भने, ‘उहाँभन्दा अघि म बोल्छु । जुन कुरा उहाँले सुन्नुपर्छ आज ।’

शर्माको कुरा सुनेर विद्यार्थी नेताहरु छक्क परे । एक नेता भन्छन्, ‘आफ्नै अध्यक्षलाई मञ्चबाटै कुरा सुनाउने भन्दा हामीलाई नयाँ लाग्यो ।’

prachanda 3


‘म संगठन विभाग प्रमुख हुँ’
शर्माको अडानपछि कार्यक्रम सञ्चालक क्रान्तिकारीका महासचिव दिपेश पुनले शर्मालाई मञ्चमा बोलाए । सुरुमा नै शर्माले पार्टीमा उपमहासचिव रहेको र आफू कार्यक्रममा संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित रहेको भन्दै पार्टीले तोकेको जिम्मेवारीलाई अस्वीकार गरेको सन्देश दिए । भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

प्रचण्डले भदौ ४ गते देव गुरुङलाई महासचिव घोषणा गर्दै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव घोषणा गरेका थिए । पार्टी महासचिव पदको दाबी गरिरहेका शर्माले सो निर्णयमा चित्त नबुझेको भन्दै फरक मतसमेत राखेका थिए । बुधबारको कार्यक्रममा उनले पार्टीमा ६ जना मात्रै उपमहाचिव रहेको भन्दै जिकिर समेत गरे ।

शर्मा महाधिवेशनअघि भएको जिम्मेवारी बाँडफाँटमा भने संगठन विभाग प्रमुख रहेका थिए । कम्युनिस्ट पार्टीहरूमा मूलतः महासचिव नै संगठन विभाग प्रमुख हुने प्रचलन छ । तर कार्यविभाजनपछि संगठन विभागको जिम्मा उनलाई दिइएको छैन । उनले औपचारिक रुपमा नै संगठन विभागको दाबी प्रस्तुत गरे ।

यति भनेपछि फेरि उनी थप प्रचण्डमाथि खनिए । प्रचण्डको सबैभन्दा ठूलो रक्षक र सबैभन्दा ठूलो आलोचक आफू नै रहेको बताए । ‘म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो । अहिले अध्यक्ष यही हुनुहन्छ । अध्यक्षको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी संरक्षक रक्षा गर्नेपनि मै हो। यो आज तपाईंहरुको अगाडि म भन्न चाहान्छु। अध्यक्ष कमरेडले अहिले यहीँबाट जवाफ दिनुहोला ।’

शर्माले आफू प्रचण्डको आलोचक भएको पनि बताए । ‘म त कमरेड प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि पञ्चा सिंहले गल्ती गरेमा आलोचना गर्नुहोला। चाकडीले नेतृत्वको रक्षा हुँदैन,’ उनले भने।


जनार्दनलाई हुर्काउन मेरो भूमिका छ : प्रचण्ड
अध्यक्ष प्रचण्डले शर्मालाई मञ्चबाटै उत्तर दिए । शर्माको रक्षा गर्न र हुर्काउन आफ्नो भूमिका रहेको उल्लेख गरे । उनले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने आफ्नो सपना रहेको पनि बताए । उनले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिए ।

‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा। म तपाईंहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ । म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहान्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७