माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्यको सम्झौता


२३ भाद्र २०७९, बिहीबार
mbl pr odEiYLwYRk

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ ।

फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाइन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०५ (बढिमा रु. ३००० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले आउदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७