२० वर्षमुनिको एसिया कप फुटबल छनोट : नेपाल भुटानसँग २-० गोलले पराजित


२६ भाद्र २०७९, आईतवार
u20 football

काठमाडौं । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गए राति भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो ।

भुटानले दुवै हाफमा एक/एक गोल गर्न सफल भयो । खेलको ३३ औं मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूणर् ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७