गण्डकीको मुख्यमन्त्री कार्यालयबाट पाँच कर्मचारी पक्राउ


२६ भाद्र २०७९, आईतवार
Gandaki pradesh Cabinate

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका पाँच कर्मचारी प्रक्राउ परेका छन् ।

प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि मुख्यमन्त्री कार्यालयबाटै पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिनालगायत पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७