नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग


२६ भाद्र २०७९, आईतवार
national life QHCjqGXDSu

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो ।

यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं। १ का अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक–एक पाइला फाउन्डेसनका अध्यक्ष डा।सुमनशम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७