चोलेन्द्रले भने : यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ

‘ओमप्रकाश अर्यालले श्रीमतीलाई न्यायाधीश बनाउन खोज्नुभयो’


२६ भाद्र २०७९, आईतवार
Cholendra Shamser Janara

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अधिवक्ता ओमप्रकाश अर्यालमाथि गम्भिर आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिँदै जबराले चोलेन्द्रले अधिवक्ता अर्यालको ‘क्यारेक्टर एकदमै गम्भीर’ रहेको आरोप लगाएका हुन् ।

अर्यालको क्यारेक्टर एकदमै गम्भीर भएको भन्दै नोट गर्न आग्रह समेत गरे । भने, ‘सम्पत्ति शुदीद्धकरणको (रिट) दिन सुरेन्द्र केसीजी जानुभएको थियो क्यारे । त्यसमा जानुहुने अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् । उहाँलाई अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको छ , पत्रिकामा मैले पढेको थिएँ ।’

यसैगरी अभिवक्ता अर्यालले श्रीमतीलाई न्यायाधीश बनाउन खोजेको दाबी गरे । उनले भने, ‘मैले अस्ति पनि भनेँ नि बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशले दुई चोटी सिफारिस गर्नुभएको दुबै चोटी मैले इन्कार गरेको हो भनेर । पुनदेवी महर्जन जी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जन जी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा खेरी नै पुगिहाल्छ । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।’

जबरालाई प्रतिनिधि सभाको ९८ जना सांसद्ले गत फागुन १ मा महाअभियोग लगाएका थिए । गत साउन २२ मा मात्रै सभाले महाअभियोग छानबिन समितिमा यो प्रस्ताव पठाएको थियो । भदौ १२ सम्म प्रमाण संकलन गरेको समितिले भदौ १५ देखि जबरासँग बयान लिइरहेको छ । भदौ १५, १६, १९ मा बयान लिएको समितिले चौंथो पटक आइतबार पनि बयान लिएको हो ।
निलम्बित जबराले महाभियोग सिफारिस समितिले ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७