महाभियोग संगीन कूकृत्यको मुद्दा हो, फैसला हुनैपर्छ : शम्भु थापा


२९ भाद्र २०७९, बुधबार
Shambhu Thapa scaled

काठमाडौं । बरिष्ठ अधिबक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग मुद्दा भएको बताएका छन् । पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा थापाले यो मुद्दा भएकाले महाभियोग नमर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानमै संघीय संसदको दुवै सदनमा कायम रहेको सदस्य संख्या भन्ने उल्लेख छ । प्रतिनिधिसभा चुनावमा गएको छ । राष्ट्रिय सभा त छँदैछ । महाभियोगको प्रस्ताव स्थायी प्रकृतिको लिएर गयो । महाभियोगको प्रस्ताव सिफारिस समितिले पास गरे माथिल्लो सभा र तल्लो सभामा जान्छ । माथिल्लो सदनमा कारबाहीका लागि जान्छ भने तल्लो सदनमा जान्छ । संसद कहिल्यै मर्दैन । खाली नयाँ सदस्य खोजेको मात्रै हो ।’

थापाले यो प्रस्ताव आउनै पर्ने र दुवैको मिलेर दुई तिहाइ हुने प्रष्ट्याए । ‘यो मुद्दा हो । केसको बादी महाभियोग लगाउने हुन् । प्रतिवादी चोलेन्द्र हुन् । मुद्दा फैसला हुनैपर्छ । संगीन कूकृत्य गरेको मुद्दा हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७