जय नेपाल हलको आँगन खोतल्दा भेटियो टुकुचा खोला


३० भाद्र २०७९, बिहीबार
tukucha khola

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । आज (बिहीबार) महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो ।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो । महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो ।

tuku

आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७