जबराको बयान शुरु, आजै टुङ्ग्याउने तयारी


३१ भाद्र २०७९, शुक्रबार
cholendra shumsher jb rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान शुरु भएको छ । बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान शुरु गरिएको हो ।

बयानको क्रममा आज समितिमा सांसदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट शुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ ।

जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको थियो । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। त्यसलगत्तै जबरा निलम्बित भएका थिए । उनीसँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो ।

हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन् । उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विभिन्न आरोप लगाएका छन् । न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ छ । आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७