संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, २७ विधेयक निस्क्रिय हुँदै


३१ भाद्र २०७९, शुक्रबार
Samsad 2 1 scaled

काठमाडौं । सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसदमा रहेका २७ वटा विधेयक निस्क्रिय हुने भएका छन् । यसैबीच प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७