संसद्को पाँच बर्षे कार्यकाल सन्तोषजनक रहेन : माधव नेपाल


३१ भाद्र २०७९, शुक्रबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।

आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताए । २०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाइ छ ।

उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाइ छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कानुन निर्माण गर्ने कुरामा संसदका पाँच वर्षे कार्यकाल सफल भएको बताए । उनले पक्ष विपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसदले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको जिकिर गरे । त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले पनि संसदका पाँच वर्षे कार्यकालमा महत्वपूणर् निणर्य भएको र केहि विवाद भए पनि संसद सफल भएको बताइन् । कोइरालाले संसदबाट धेरै कुरा सिक्ने मौका पाएको पनि बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७