सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु


२४ चैत्र २०७४, शनिबार
images cms image 000045149

 

ओटावा क्यानडा, २४ चैत:  क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।images cms image 000045149

बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शुक्रबार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ । रासस\सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७