फाइनलमा यस्तो हुन सक्छ नेपालको ‘प्लेइङ सेट’


३ आश्विन २०७९, सोमबार
nepal 11.jpg

काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे शुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो ।

यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् ।

नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् । यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।

गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४-४-२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् ।

यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउने छन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफमै मौका पाउन सक्छिन् ।

फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने यो सुनौलो अवसर रहेको बताइन् ।

नेपालको सम्भावित टिम
गोलरक्षक- एन्जिला तुम्बाप्पो सुब्बा ।
डिफेन्डर- अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल ।
मिडफिल्डर- अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत ।
स्ट्राइकर- रश्मीकुमारी घिसिङ, प्रीति राई ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७