नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


४ आश्विन २०७९, मंगलवार
narayani

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले मंगलबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयर धनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७