राष्ट्रपतिको निर्णय राष्ट्र हितमा छ, संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : कमल थापा


५ आश्विन २०७९, बुधबार
kamal thapa 1

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय राष्ट्रहित अनुकूल रहेको बताएका छन् ।

थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निणर्य स्वभाविक रहेको बताएका हुन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले राष्ट्रपति भण्डारीले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७