युरोपेली संसदका प्रतिनिधिमण्डल भोलि नेपाल आउँदै, यस्तो छ कार्यक्रम तालिका


५ आश्विन २०७९, बुधबार
rengor

काठमाडौं । राजनीति र युवा नेताहरूसँग संघीय लोकतन्त्र, जलवायु समस्या, लैङ्गिक र सामाजिक समावेशीकरणबारे छलफल गर्न युरोपेली संसदका सदस्यहरू दुई दिने भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउँदै छन् ।

युरोपेली संसद् (इपी) को एक प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । यो भ्रमणले नेपाल र ईयूबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र आगामी दिनमा सहयोगलाई थप मजबुत बनाउने उपाय खोज्न मद्दत गर्नेछ ।

इपी प्रतिनिधिमण्डलको नेतृत्व सुश्री एभलिन रेगनर (अस्ट्रिया), युरोपेली संसदकी उपाध्यक्ष सुश्री उल्रिक मुलर (जर्मनी), टोमास जेडेचोभस्का (चेचिया) र म्याक्सिमिलियन क्राह (जर्मनी) ले गर्नेछन् । इपी प्रतिनिधिमण्डलले २०७२ सालमा संघीय संविधान जारी भएयताको ६ वर्षको सङ्घीय लोकतन्त्रको स्थापना र कार्यशैलीबारे जानकारी गराउन प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग धेरै भेटघाट गर्नेछ ।

नेपाली कांग्रेसका महासचिव गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी-लेनिनवादी) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्ने कार्यक्रम छ ।
इपी सदस्यहरूले महिला राजनीतिज्ञहरू, नागरिक समाजका नेताहरू र पत्रकारहरूसँग जलवायु परिवर्तन, लैङ्गिक र सामाजिक समावेशीकरणसम्बन्धी मुद्दाहरूमा छलफल गर्नका लागि भेट्ने जनाइएको छ

ईपी प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा नारायण खड्का, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलीन्द्रप्रसाद बडू र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग पनि छुट्टाछुट्टै भेट गर्नेछ । युथ साउन्डिङ बोर्डमा युथ इनोभेसन ल्याब, अक्सफाम नेपाल र हेल्भेटास नेपालका साथै नेपालसँग काम गर्ने विकास साझेदारहरू समावेश छन् । यो युवाहरूका लागि परामर्श गर्ने ठाउँ हो जसले कसरी आफ्नो विकास सहयोगमा युवाहरूलाई संलग्न गर्छ भन्नेमा वास्तविक, आधारभूत र दीर्घकालीन परिवर्तनहरू सिर्जना गर्ने लक्ष्य राख्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७