एमालेसँग चुनावी सहकार्य गर्न लोसपाले बनायो वार्ता समिति


७ आश्विन २०७९, शुक्रबार
Kp Oli Mahantha Thakur

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ ।

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको हो । वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कणर् र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७