साउदीका श्रम सहचारी उपाध्यायले डिमाण्ड प्रमाणीकरणमा आर्थिक चलखेल गरेको आरोप


८ आश्विन २०७९, शनिबार
Prem Upadhyaya
श्रमसहचारी प्रेमप्रसाद उपाध्याय

काठमाडौं : साउदीको जेद्दास्थित श्रमसहचारी प्रेमप्रसाद उपाध्यायले डिमाण्ड प्रमाणीकरणको लागि आर्थिक चलखेल गरेको आरोप लागेको छ । आर्थिक लाभ नदिएसम्म उपाध्यायले म्यानपावर कम्पनीले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गरीदिने गरेको म्यानपावर व्यवसायीहरुको गुनासो छ ।

उपाध्यायले म्यानपावर कम्पनीहरुले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गर्ने र सो बापत आर्थिक स्वार्थमा मात्र छिटो काम गर्दै आएको व्यवसायीहरुको आरोप छ । उपाध्यायले एउटै कम्पनीबाट आएका डिमाण्ड प्रमाणीकरण गर्न ढिलो गर्दा रोजगारदाता कम्पनीले कोटासमेत कटौती गर्न थालेको म्यानपावर व्यवसायीहरूको गुनासो छ ।

गत जनवरी २० मा द–रिभर ओभरसिजले इसान कब्बानी एन्ड पार्टनर कम्पनीबाट ल्याएको ९७ वटा कोटा डिमाण्ड प्रमाणीकरणका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा पेस गरेको थियो । फेरि त्यही कम्पनीको ग्लोबल सोर्सिङ सर्भिसेस म्यानपावरले ९ दिन पछाडि ९७ वटै मागपत्र पेस गरेको थियो । श्रम सहचारी उपाध्यायले भने रिभरको ८० वटा डिमाण्ड प्रमाणीकरणको प्रक्रिया नै रद्द गरीदिएका थिए । कम्पनीले कुल १६० जना नेपालीको माग गरेकोमा बिना कारण एउटा म्यानपावरको माग रद्ध गरिदिएको द–रिभर ओभरसिजका सञ्चालक रघु पुरीले बताए ।

पुरीका अनुसार बिना कारण उपाध्यायले चलखेल गरेर बिना कारण आफ्नो मागपत्र रद्द गरेर अर्कोको डिमाण्ड मात्र प्रमाणीकरणगरेको बताए । यसै सम्बन्धमा पुरीले डिमाण्ड प्रमाणीकरण रद्द भएको विषयमा जानकारी माग्दै श्रम सहचारी उपाध्यायलाई सम्पर्क गरेका थिए । पुरीका अनुसार यस क्रममा उपाध्यायले ‘म तपाईंहरूको काम गर्न बसेको हो ?’ भन्दै गैर जिम्मेवार जवाफ दिएका थिए ।

पुरीले आफ्नो कम्पनीले वैदेशिक रोजगार ऐनमै टेकेर मागपत्र पेस गरेको बताए । उनले मागपत्र प्रमाणीकरणमा संकास्पद गतिबिधि हुनुले रोजगारदाता कम्पनीलाई समेत नेपाली कामदार र नेपालप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव पर्ने बताए । रोजगारदातालाई कसरी हुन्छ छिटो सेवा दिएर माग आफ्नो देशमा बढी ल्याउन भूमिका खेल्ने कर्मचारीले बिभिन्न बहानामा झुलाउने, जवाफ नदिने, अनाधिकृत रुपमा खेलेर विदेशिने कामदारलाईनै आर्थिक भार थपिनेगरि भूमिका खेल्नु सकारात्मक नहुने बताए ।

साउदीस्थित दूतावासका एक कर्मचारीका अनुसार उपाध्यायले जेद्दामा समस्यामा परेका कामदारलाई समेत राम्रो व्यवहार नगर्ने गरेको गुनासो आइरहेको छ । उपाध्यायले अहिले दूतावासअन्तर्गत साउदीको जेद्दा हेर्दै आएका छन् ।श्रम श्रम सहचारी उपाध्यायले नेपालका केही म्यानपावर व्यवसायीसँग साँठगाँठ गरेर मागपत्रको कारोबारमा अनाधिकृत भूमिका निभाईरहेको आरोप लागेको छ ।

द रिभर ओभरसिसको बिषयमा समाचार प्रकाशन भएपछि उपाध्यायले उक्त समाचारलाई अंग्रेजीमा ट्रान्सलेट गरेर रोजगारदातालाई द रिभर ओभरसीस नेपालमा सस्पेन्ड भईसकेको भनि साउदीमा बिदा परेको दिनसमेत पठाउन भ्याईसकेको संचालक पुरीले बताएका छन् । उक्त विषयबारे सम्बन्धित रोजगारदाताले आफूलाई जानकारी दिएको पुरीले बताए । उनका अनुसार श्रम सहचारी उपाध्यायले अतुल नाम गरेको एक व्यक्तिलाई सेटिङमा राखेर म्यानपावरहरुसँग अनाधिकृत सेटिङ गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७