३१ लाख बढीको लागुऔषधसहित ६ जना पक्राउ


९ आश्विन २०७९, आईतवार
drug

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित अन्य एक जना छन् । पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो ।

त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए ।

बसभित्रबाट लागुऔषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरेको बताए । उनले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको बताए । उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको पनि जानकारी दिए ।

उनले गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागुऔषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ. वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको बताए ।

उनले बरामद लागुऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताए । उपत्यका लागुऔषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७