लोसपाकी निवर्तमान सांसद चन्दा चौधरी कांग्रेसमा प्रवेश


१२ आश्विन २०७९, बुधबार
ChandaChaudhary1 20220928171632

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइ दिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए। प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७