रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने, भोलि घोषणा


१३ आश्विन २०७९, बिहीबार
rabindra Mishra 2
फाइल फोटो

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने भएका छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले भोलि उम्मेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् । बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मै चुनाव लड्ने तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलबारे अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७