‘गठबन्धनको आडमा पार्टीभित्र सही मूल्याङ्कन नभए गम्भीर परिणाम आउँछ’


१३ आश्विन २०७९, बिहीबार
Arjun narsing KC
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए ।

‘गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूणर् निष्कर्ष निकाल्नु पर्ने सबैभन्दा महत्वपूणर् दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ । अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ,’ उनले भने ।
नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७