मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण


१६ आश्विन २०७९, आईतवार
Mars planet 0sHRvnSIJ7

काठमाडौं । लामो समयदेखि वैज्ञानिकहरु अन्तरिक्षमा पानीको खोजी गरिरहेका छन् । मानव जीवनको अस्तित्व नै पानीमा निर्भर हुने भएकाले पनि पानीमा वैज्ञानिकको चासो धेरै भएको हो । यसैबीच वैज्ञानिकहरुले मंगल ग्रहमा पानी भएको हुन सक्ने अर्को प्रमाण फेला पारेका छन् । यसलाई मंगल ग्रहको यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

यो अध्ययन युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा गरिएको हो । यसमा राडारबाहेकका विवरणको प्रयोग गरिएको थियो । अध्ययनका अनुसार मंगलको दक्षिणी ध्रुवको आइस क्यापमुनि पानी हुन सक्ने देखिएको हो ।

पछिल्लो समय मानिसको ध्यान चन्द्रमा पछि मंगल ग्रहमा भएकाले पनि यो खोजलाई महत्वपूर्ण मानिएको छ । यो अध्ययनमा सहभागी युनिभर्सिट अफ शेफिल्डकी फ्रान्सिस बुचरले भनिन्, ‘यो अध्ययनले मंगल ग्रहमा जमिनमुनि रहेको पानीबारे अहिलेसम्मकै सबैभन्दा राम्रो संकेत दिएको छ ।

पृथ्वीमा पाइने सबग्लेसियल लेक (हिउँले ढाकिएको क्षेत्र, जहाँ हिउँमुनि पानी हुन्छ) मंगल ग्रहमा पनि पाइएको छ । यस्तोमा उक्त हिउँले ढाकिएको भागमुनि पानी पनि हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यद्यपि यसको अर्थ मंगल ग्रहमा मानव जीवनको अस्तित्व सम्भव छ भन्ने चाँहि होइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७