मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार


१८ आश्विन २०७९, मंगलवार
image02 scaled 1

स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरे बापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।

मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । उनलाई १ करोड स्वीडिश क्रोनर प्रदान गरिनेछ ।

नोबेल कमिटीले भनेको छ, ’अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७