पाल्पामा खोलाले बगाएर एक बालिकाको मृत्यु, दुई जनाको उद्दार


२१ आश्विन २०७९, शुक्रबार
khola 1
सांकेतिक तस्वीर

पाल्पा । पाल्पााको रिब्दीकोटमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका–६ ठिमुरेस्थित मन्दी खोलाले बगाउँदा रिब्दीकोट–५, नयाँ टोलकी ५ वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बेलुकी पाँच बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सु, ३४ वर्षकी कविता पचभैया र ३२ वर्षकी मीना रानालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मीना राना घाइते भएकाले तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । कविता भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७