गेटाफेलाई पराजित गर्दै रियल शीर्ष स्थानमा


२३ आश्विन २०७९, आईतवार
thumb 1

म्याड्रिड । रियल म्याड्रिडले छिमेकी गटोफेमाथि शनिबार झिनो अन्तरको जित निकाल्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एडेर मिलिटाओले खेल शुरु भएको तेस्रो मिनेटमा गरेको एक मात्र गोलको मद्दतले रियल विजयी भएको हो ।

यो जितपछि रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि तीन अंकको अग्रता लिएको छ । बार्सिलोनाले भने आइतबार सेल्टा भिगाको सामना गर्दै छ । रियलको आठ खेलबाट २२ अंक छ ।

शनिबारकै अन्य खेलमा आल्मेरियाले रायो भाल्कानोलाई ३–१ र एटलेटिको म्याड्रिडले जिरोनालाई २–१ ले पराजित गरेको छ । यस्तै सेभिया र एथलेटिको बिलबाओले १–१ को बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७