सुदूरपश्चिममा मुख्यमन्त्रीको टिकट खोसेर स्वकीय सचिवलाई


२३ आश्विन २०७९, आईतवार
bhatta oli

कैलाली । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्ततः प्रदेश सभाको पनि टिकट पाएनन् ।

यसअघि मुख्यमन्त्री निर्वाचित क्षेत्रमा गठबन्धनबाट माओवादीलाई भाग पर्दा पनि मुख्यमन्त्रीले टिकट नपाएका हुन् । उक्त क्षेत्रमा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव रहेका शिवसिंह ओलीले टिकट पाएका पाएका छन् ।

ओली डोटी इन्चार्ज पनि हुन् । अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो । गठबन्धनबाट भट्टले टिकट पाएपछि ओली जिताउन लागेका थिए । त्यहाँ कांग्रेका योगेन्द्रबहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्षसम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।

एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको खमा ओलीको टिकट सुनिश्चित भएको हो । गठबन्धनमा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी प्रदेशको एउटा क्षेत्र माओवादी र अर्को कांग्रेसको भाग लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७