सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२७ आश्विन २०७९, बिहीबार
citizens bank

काठमाडौं । सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैंकले शुक्रबार (असोज २८ गते) बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७