प्रभु साह एमालेको साधारण सदस्य समेत नरहने गरी निष्काशित

एमाले रौतहट जिल्ला कमिटी पनि विघटन


२८ आश्विन २०७९, शुक्रबार
prabhu sha

काठमाडौं । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन् ।

साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

pr
pr1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७