डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु


३० आश्विन २०७९, आईतवार
dengu 2

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७