दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने


३ कार्तिक २०७९, बिहीबार
rakhepa

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्व सन्ध्यामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो । बैठकले दशौं राष्ट्रिय खेलकुद वि.सं. २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७