लक्ष्मी पूजामा १३०५ मेगावाटसम्म बिजुली खपत


८ कार्तिक २०७९, मंगलवार
tihar jhilimili Nepal kahamandu 10 1 scaled

काठमाडौं । लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलिमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मी पूजामा पनि लोडसेडिङ हुन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७